काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ को मालु मतदान स्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ। केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका थिए।
मतपत्र खोसिएपछि केही बेर झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। तनाव बढेपछि मतदान रोकिएको र अझै सुरु हुन नसकेको गाउँपालिकाका प्रवक्ता नारायण खड्काले जानकारी दिए।
सर्वदलीय सहमति नभएको कारण मतदान हुन सकेको छैन। अहिले मतदान स्थलमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान स्थल बाहिर मतदाताले मतदान गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।
हराएका मतपत्रको खोजी भइरहेको छ भने मतपत्रको ठेली खोस्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र