चितवन । सामाजिक सञ्जालमार्फत भ्रामक तथा अपवाहपूर्ण सामग्री फैलाएको आरोपमा चितवन प्रहरीले नन्द प्रसाद भट्टलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी प्रेस विज्ञप्तिअनुसार फेसबुक लगायतका सामाजिक सञ्जालमा एआई (AI) प्रयोग गरी तयार गरिएको ‘डिप फेक’ भिडियो पोस्ट गरी समाजमा भ्रम फैलाउने गतिविधि गरिएको पाइएको हो।
प्रहरीका अनुसार उक्त सामग्रीले निर्वाचन गतिविधिमा प्रत्यक्ष असर पार्ने उद्देश्य राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्राविधिक सहयोगमा गरिएको अनुसन्धानपछि भरतपुर महानगरपालिका–१६ निवासी नन्द प्रसाद भट्टलाई नियन्त्रणमा लिइएको हो।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ