वीरेन्द्र बस्नेतले छाडे पार्टी

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १३ : २३
वीरेन्द्र बस्नेतले छाडे पार्टी

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् ।

पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’

गतिशील लोकतान्त्रिक पार्टी जेजनी आन्दोलनपछि स्थापना भएको हो। जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताउँछन् । तर, अगाडि बढ्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस