चितवन । पूर्वीचितवनमा आज शुक्रबार बिहान फेरि अर्को बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन् । करिब ११ः४५ को समयमा राप्ती नगरपालिका ६ हर्दीमा बस दुर्घटनामा परेको हो ।
यसअघि बसमा २५ जना यात्रु रहेका थिए ।
वीरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं को बस आँफै अनियन्त्रित भई पल्टेको प्रहरीको भनाइ छ ।
बसका चालक प्रेमप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि बिहीबार राती पूर्वीचितवनको टाँडी बजारनजिकै सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते