काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष चार बुँदे माग प्रस्तुत गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ।
मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रस्तुत माग पत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचनालाई फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय पार्दै प्रमाणीकरण र व्यवस्थापनका विषयमा देखिएका समस्या समाधान गर्नुपर्ने, सरकारद्वारा स्वीकृत कार्यसूची अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने तथा भूमि र आवाससम्बन्धी अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने विषय समावेश गरिएको छ।
उक्त सन्दर्भमा सम्बन्धित निकायबाट बस्ती क्षेत्रमा उपकरण प्रयोग गरी संरचना हटाउने तयारी भइरहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'