काठमाडौँ । रुघाखोकीको औषधि बनाउने रासायनिक पदार्थ स्युडोइफेड्रिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी हुने गरेको भेटिएको छ । गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग (सेन्थेटिक ड्रग) बनाउन प्रयोग गर्ने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बताएको छ । यसअघि मंसिर १३ मा प्रहरीले सोही लागूऔषधबाट निर्मित १ केजी २ सय ग्राम र असोज १४ मा १ केजी आइसड्रग बरामद भएको थियो ।
शनिबार ३१ वर्षीय चिनियाँ नागरिक झाङ चाओ ४ केजी २ सय ग्राम रसायन पदार्थसहित ठमेलबाट पक्राउ परेका छन्। नेपालमा उक्त धूलोको मूल्य २ लाख रुपैयाँ पर्छ। तर, न्युजिल्यान्डमा त्यसको मूल्य करिब ५० हजार अमेरिकी डलर पर्ने ब्युरोका अधिकारीले बताए। चीनबाट मंसिर १५ मा काठमाडौं आएका उनलाई ब्युरोले कार्गोबाट न्युजिल्यान्ड पठाउन लागिएको लागूपदार्थसहित समातेको हो। प्रहरीलाई दिएको बयानमा चाओले न्युजिल्यान्डमा लगेर बेच्ने तयारीमा रहेको उल्लेख गरेका छन्।
चीनबाट तेस्रो मुलुक जान कडाइ गरिएकै कारण नेपाली हवाईमार्ग हुँदै उनी उक्त लागूपदार्थ न्युजिल्यान्ड पठाउने तयारीमा थिए। चिनियाँ नागरिकबाट आइसड्रगको कच्चापदार्थ बरामद भएको घटना यो पहिलो रहेको ब्युरोका एसपी वीरेन्द्र बस्यालले बताए।
पक्राउ परेका चाओ लागूऔषध तस्करीका मुख्य कारोबारी भएको ब्युरोको दाबी छ। यसअघि भारत हुँदै औषधि बनाउने कच्चापदार्थ आयात हुने गरेकोमा तस्करले चीन र अन्य मुलुकबाट पनि नेपाल हुँदै यसको तस्करी गर्न थालेको अनुसन्धानबाट देखिएको छ। पछिल्लो ६ वर्षमा मात्रै लागूऔषध तस्कर र नेपालका केही औषधि उत्पादक कम्पनीले स्युडोइफेड्रिनसहितको ४ सय ९४ केजी धूलो बरामद भएको थियो। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ मंसिर २०७६, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ