मनोज पाण्डेको धन्दामा फेरि समस्यै –समस्या

सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएपछि ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ बाट धपाईएका मनोज पाण्डेको फेरी अर्को फण्डा

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, ०९ : ४४
मनोज पाण्डेको धन्दामा फेरि समस्यै –समस्या

काठमाडौं । सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएपछि ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ बाट मात्रै होइन, बालुवाटारबाटै धपाईएका मनोज पाण्डेको धन्दा अहिले पनि बालुवाटारसँगै जोडिएर हुने गरेको छ । उनले बालुवाटारमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आइटी विज्ञ अलि अस्गरसँग जोडिएर ‘देखापढी’ अनलाइनका नाममा अनेक धन्दा चलाउन थालेका छन् ।

पत्रकारिताको आवरणमा पाण्डेले अनलाइनबाट गर्ने धन्दा अनेक छन् । हिमाल खवर पत्रिकामा रहेर ब्यवसायिकता अंगालिरहेका पत्रकार रामेश्वर बोहोरालाई सम्पादकका रुपमा भित्रयाएर पाण्डे लगायतका टिमले उनलाई नै अप्ठयारोमा पारिरहेको स्रोतले बताएको छ । बालुवाटारको आड भरोसामा उद्योगी ब्यवसायीसँग सौदावाजी गरेर अनलाइन धानिरहेका  पाण्डे समुहले सञ्चालन गरेको यो ब्यवसायभित्र पत्रकारिता मात्र लुकेको छैन, बालुवाटार इतर पक्षका सूचना संकलन गरेर बालुवाटारमा दैनिक रिपोटिङ गर्ने सम्मको हुने गरेको श्रोतको दाबी छ । 

प्रधानमन्त्री केपी ओली इतरका नेताहरुको कहाँ को सँग भेटघाट भयो, के विषयमा छलफल भयो ? यस्तै विषयवस्तु खोजी गरेर त्यसलाई समाचारका रुपमा भन्दापनि बालुवाटारको सुचना स्रोतका लागि त्यहा कार्यरत पत्रकारहरुलाई प्रयोग गर्न थालेपछि कार्यरत पत्रकारहरु नै असन्तुष्ट हुन थालेका छन् । विपक्षी पार्टीले गर्ने योजनामा भन्दा पनि आफ्नै पार्टी नेकपाभित्रका नेताहरुको जासुसी गर्नका लागि बालुवाटारले पत्रकारिताको आवरणमा यो अनलाइनलाई प्रयोग गरिरहेको त्यही कार्यरत पत्रकारका बीचमा अहिले चर्चा चल्न थालेको छ । 

समाचारमा त्यहा कार्टेलिङ  समेत हुने गरेको छ । आफु अनुकुल हुने समाचार मात्र प्रकाशन गर्ने, अन्य सुचनाका रुपमा बालुवाटारमा रिपोर्टिङ गर्ने काममा मनोज पाण्डे लागेका छन । सरकारी मुखपत्र गोरखापत्र, रासस भन्दा पनि समाचारमा यो अनलाइनले वढी कार्टेलिड गरिरहेको पत्रकारहरुको भनाई छ । 

अन्तर्वाता जर्बजस्ती लिन खोज्ने, तर कसैको प्रकाशन नै नगर्ने 

प्रधानमन्त्री ओलीका भन्दा पनि प्रधनमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आइटी विज्ञ अली अस्गरका स्वार्थसँग जोडिएर यो अनलाइन आएको हो । त्यसका लागि मनोज पाण्डे प्रकाशक भएर आएका हुन् । पाण्डेको सिंहदरवारभित्रकै चन्दा आतंकलाई बैधानिकता दिन रिमाल र अस्गरले मिलेर यो अनलाइन संचालनमा ल्याएको श्रोतको दाबी छ । पार्टीभित्रकै एउटा पक्षका नेतालाई खुइल्याउने र अर्काे पक्षका नेताको अनावश्यक बढाईचढाईका लागि यो अनलाइन आएको हो । 

यही बुझेर होला, नेकपाका स्थायी समिति सदस्य भीम रावलले पटक पटकको एप्रोजका कारण पनि उक्त अनलाइनलाई आफु अन्र्तवार्ता नै नदिने वताएका थिए । ‘देखापढी’ टिमले अनेक प्रयास गर्दा पनि रावलले अन्र्तवार्ता दिएनन् । ‘म त्यहाँ अन्र्तवार्ता दिन्न’, रावलले सिधा भनेका थिए ।

रावलले अन्र्तवार्ता दिएनन तर नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालको अन्तर्वाता गरेपनि प्रकाशित भने भएन । नेता नेपालका सचिवालयका एक सदस्यले भने,–‘उहाँहरुले अन्तर्वाता लिएर जानुभएको थियो केही महिना अगाडी नै तर प्रकाशित गर्नुभएन् । पछि बुझ्दा बालुवाटारबाट नहाल्नु भन्ने आदेश आयो रे अनि हाल्नुभएन छ ।’

सम्पादकसँगै ठाकठुक, अनलाईन छाड्नेको लहर

शुरुमा निक्कै आर्कषक तलब र सेवा सुविधाको योजना सुनाएर मनोज पाण्डे र सम्पादक बनाईएका रामेश्वर बोहोराले पत्रकारहरुलाई अनलाइनमा भित्रयाएका थिए । तर भित्रयाएकाबाट पनि कतिपयले पछिल्लो चरण अनलाइन धमाधम छोड्न थालेका छन् । बिनिता मरहठठा, सन्तोष धिताल लगायतका पत्रकारहरुले शुरुआती अवस्थामै अनलाइन सञ्चालनको मिसन बुझेपछि छोडेका थिए ।

अहिले पनि केही पत्रकारहरुले अनलाइन छोड्ने योजना बनाईरहेको स्रोत बता“उछ । ‘स्यवं सम्पादक बोहोरा र प्रकाशक पाण्डे बीच सम्बन्ध राम्रो देखिदंैन् । यहा“ बसेर भविश्य देखिन्न’ देखापढीमा कार्यरत एक सञ्चारकर्मीले बताए । प्रकाशक पाण्डे र सम्पादक बोहोरा बीच अहिले बेलाबेला खटपट भईरहेको छ । बोहोरा समाचारमा इथिकल हुन खोजेपनि प्रकाशक पाण्डेले बालुवाटारका समाचारलाई निक्कै संवेदनशिल मानेर प्रकाशनमा ल्याउन रोक्न खोज्ने, ल्याई हालेपनि प्रशंसा, गुनगानका मात्र ल्याउने गर्न थालेपछि ब्यवसायिकता नै मरेको कार्यरत पत्रकारहरु बता“छन् ।

प्रधानमन्त्रीका आइटी विज्ञ अस्गरको काम बालुवाटार बाहेक अन्य नेताहरुको भेटघाट लगायतका सूचनाहरुको जासुसी गर्ने मात्र भईरहेको छ । त्यसका लागि ‘देखापढी’का सञ्चारकर्र्मीहरुलाई उपयोग गर्ने नीतिमा पाण्डे लागेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस