पोखरा । नेकपाकी उम्मेदवार बिद्या भट्टराई बिजयीको नजिक पुगेकी छन् । उनले ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गर्दै विजयको नजिक पुगेकी हुन । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाँकी छ । मतगणना हुन बाँकी मतभन्दा बढी मत भट्टराईले प्राप्त गरिसकेकी छन् ।
यसले पनि उनको जित सुनिश्चित जस्तै छ । नेकपाकी उम्मेद्वार भट्टराइको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ । यस बाहेक समाजवादीले १५०३, साझाले ६२६ र राप्रपाले १०६० मत प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय