रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०८२, ०८ : १३
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले

बुटवल । सांसद दिपक बोहोराको निधन भएपछि रिक्त भएको रुपन्देही निर्वाचन क्षेत्र न ३ को तयारीमा एमाले जुटेको छ ।

निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेद्वारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएको छन। 

महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेद्वार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।  पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेद्वार सिफारिसका लागि जानकारी गराउनेछ । 

केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेद्वारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई  पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा अधिकारीले बताउनुभयो । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएकथिए । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रु निर्वाचित भएका  बोहराको चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।