ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, ०६ : ५४
ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा छलफल गर्न पाकिस्तान जाने तयारीमा रहेको अमेरिकी विशेष टोलीको भ्रमण अन्तिम समयमा रद्द गरिदिएका छन्। इरानी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरिए लगत्तै ट्रम्पले शनिबार यस्तो निर्णय गरेका हुन्।

विशेष दूत स्टिभ विट्कोफ र ज्वाइँ जारेड कुश्नर पाकिस्तान पठाउनु “समयको बर्बादी” मात्र हुने ट्रम्पले टिप्पणी गरेका छन्। उनको भनाइ उद्धत गर्दै बिबिसीले लेखेको छ, “यदि इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले मात्र एक कल गरे पुग्छ।”

यसअघि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मध्यस्थकर्ता पाकिस्तानसँग वार्ता गरेका थिए। वार्तापछि उनले इरानले युद्ध अन्त्यका लागि आफ्नो धारणा स्पष्ट राखेको बताउँदै अमेरिका कूटनीतिमा ‘साच्चै गम्भीर’ छ कि छैन भन्ने कुरा अझै प्रस्ट नभएको प्रतिक्रिया दिएका थिए।

अप्रिल २२ मा सकिन लागेको युद्धविरामलाई ट्रम्पले वार्ताका लागि थप समय दिने भन्दै लम्ब्याए पनि कूटनीतिक प्रयास भने अहिले ठप्प भएका छन्।

प्रतिक्रिया दिनुहोस