काठमाडौँ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपदमा परेर २३ जनाको निधन भएको छ भने ७३ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् ।
विपदमा परेर सो अवधिमा ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ बैशाख २०८३, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना
२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति
एघार महिनामा ६ हजार विपद्का घटना
विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी