काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भएको कास्की–२ मा दुई उम्मेदवारले अझै खाता खोल्न सकेका छैनन् ।
कुल २१ जनाले उम्मेदवारी दिएको सो क्षेत्रमा २५ हजार १९० मत गणना भइसक्दा समेत स्वतन्त्र उम्मेदवार उमनाथ गौतम र यज्ञप्रसाद पंगेनीले मतको खाता खोल्न नसकेका हुन् ।
नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलको तुलनामा नेकपा उम्मेदवार विद्या भट्टराई झण्डै दोब्बर मतले अगाडि छिन् ।
सो क्षेत्रमा १० स्वतन्त्र उम्मेदवारमध्ये हालसम्म सबैभन्दा बढी मत कमलजङ्ग कुँवरले ल्याएका छन् । उनले ३५ मत हासिल गरिसकेका छन् ।
राजनीतिक दलमध्ये हालसम्म देशभक्त समाजले सबैभन्दा कम मत हासिल गरेको छ । सो दलका उम्मेदवार वीरबहादुर विश्वकर्माले यो समाचार तयार पार्दासम्म जम्मा ३ मत हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय