काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स चढाइएको छ । एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई बिहीबार प्लेटलेट्स चढाइएको हो ।
प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ । प्लेटलेट्स चढाइएकोबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको हो । प्रधानमन्त्रीलाई डायलासिसको आवश्यकता पहिलेभन्दा झन् बढेको पनि चिकित्सकहरुले बताएका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ मंसिर २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुष्पलालप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री
विश्वविद्यालयहरूले बजेट र कार्यक्रम आर्थिक वर्ष सुरु हुनुअघि पारित गरिसक्यो : प्रधानमन्त्री
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल