बुटवल । अर्घाखाँची जिल्लको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको छ ।
चालक सहित पछिल्लो जानकारी अनुसार घटनास्थलमै १७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गाडी दुर्घटना भएको नरपानी देखी घुम्तीसँग दुर्घटना कम गराउँनका लागी बाटो काट्ने काम हुदाहुदैँ गाडी दुर्घटना हुनाले जिल्लाबासी चिन्तीत छन् । उद्धार कार्य गर्न निकै अफ्ठ्यारो भिर भएकाले गाहृो भएको छ ।
दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो । गाडी चालक अन्दाजी वर्ष ३० का ओमबहादुर थापा बसन्त भन्नेको मात्रै सनाखत भएको छ । अन्यको सनाखत हुन बाकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु