ई-जीपी प्रणालीमा अनधिकृत प्रवेश प्रकरण : दुई निर्माण व्यवसायी पक्राउ, थप अनुसन्धान जारी

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १५ : ०१
ई-जीपी प्रणालीमा अनधिकृत प्रवेश प्रकरण : दुई निर्माण व्यवसायी पक्राउ, थप अनुसन्धान जारी

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियामा प्रयोग हुँदै आएको ‘ई-गभर्नमेन्ट प्रोक्युरमेन्ट (ई-जीपी)’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का सम्बन्धी संवेदनशील विवरणमा हेरफेर गरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको डिजिटल प्रणालीमा अनधिकृत प्रवेश गरी ठेक्काको आर्थिक प्रस्ताव खोलिनु अघि नै कागजात परिवर्तन गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

सोही अनुसन्धानका क्रममा अदालतको अनुमति लिएर पक्राउ कार्य सम्पन्न गरिएको हो।पक्राउ पर्नेमा ई-कोन प्रा.लि.का सेयरधनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रा.लि.का सञ्चालक ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन्।

प्रतिक्रिया दिनुहोस