काठमाडौँ । शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन्।
शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले यो समाचार लेखेका छन्।
त्यसबबेला उहाँ यसैगरी ओछ्यान पर्नु भएको थियो,’ अन्जान घिमिरेले भनिन्, ‘दाइ के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुबै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो।’
त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने। आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन्।
उनले ओलीलाई आफ्नो मिर्गौला दिएर बचाउने निधो गरिन्। तर, सुरुमा ओलीले मानेनन्।
पत्नि राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो।
०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासहित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन्। उनको मिर्गौलाले ओलीले नयाँ जीवन पाए।
अहिले त्यही मिर्गौलाले काम गर्न छाडेको सुन्दा उनलाई अति नै दुःख लागेको छ।
‘मसँग भएको किड्नीले काम गरिरहेको छ, उहाँलाई दिएको पनि मेरै थियो, त्यसले चाहीँ किन काम नगरेको होला?’ मिर्गौलाको डाइलाइसिस गर्न परिरहेका बेला अचानकको एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्दा बिस्तरामा परेका जेठाजुलाई सम्झँदा उनका नेत्र सजल भए, ‘अझै त्यसले चार पाँच वर्ष काम दिएको भए हुन्थ्यो नि जस्तो लागिरहन्छ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी