काठमाडौँ । सरकारले नेपालको ग्रामीण विद्युतीकरणमा सहयोग पु¥याउन कतारलाई आग्रह गरेको छ । आज आफ्नो कार्यकक्षमा शिष्टाचार भेटका लागि पुगेको कतार फण्ड फर डेभलपमेण्टको प्रतिनिधिमण्डललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सो आग्रह गर्नुभएको हो ।
सो अवसरमा नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत्को क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईँले जानकारी दिनुभयो ।
मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले ऊर्जा क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्नसक्ने प्रावधान रहेको भन्दै नेपालमा लगानीका लागि कतार सरकारलाई आग्रह गर्नुभयो ।
“सरकारले जलविद्युतमा उदार नीति अवलम्बन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौँ, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागिसमेत उपयुक्त वातावरण छ,” भेटमा मन्त्री पुनले भन्नुभयो ।
उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।
हाल ८० प्रतिशत जनतामा विद्युत्को पहुँच पु¥याइसकेको सरकारले तीन वर्षभित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै मन्त्री पुनले कतार सरकारसँग ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो । नेपालमा उत्पादित बिजुली सरकारले खरिदको प्रत्याभूति गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देश बाहिरसमेत भारत र बङ्गलादेश पनि क्षेत्रीय बजारका रूपमा रहेको जानकारी दिनुभयो ।
भेटमा कतारी विदेशमन्त्रीका अन्तर्राष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समीर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताउनुभयो । उहाँले कतारले नेपालको ऊर्जा, पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रबारे चासो राख्नुभएको थियो । त्यसका साथै ऊर्जा क्षेत्रमा समेत आफूहरु लगानी गर्न तयार रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १० मंसिर २०७६, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन
केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन्: वर्षमान पुन
ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन
जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागवण्डामा बन्धकी बनाइएको भन्दै वर्षमानको आक्रोश
स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’: वर्षमान पुन