काठमाडौं । नेपाली सेनाले काठमाडौं—तराई मधेस द्रुतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक बोर्ड सदस्यलाई कारबाही गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरूप द्रुतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आयोजनाका तत्कालीन प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँड र तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठसहित आयोजनाको मूल्यांकन समितिमा रहेकाहरूलाई कारबाहीस्वरूप सचेत गराइएको बताए ।
तत्कालीन समयमा इन्जिनियरिङ विभागमा रहेका श्रेष्ठ उजुरीमा छानबिन हुनुअघि आयोजना प्रमुख बनेका थिए ।
डीपीआर तयार नहुँदै द्रुतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो । राजधानी दैनिकमा खबर छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ कार्तिक २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह