परराष्ट्रमन्त्री ज्ञवाली अब ओलीको प्रमुख राजनीतिक सल्लाहकार बन्दै

प्रधानमन्त्रीको सचिवालयमा ब्यापक हेरफेर हुदैं, परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई मन्त्रीवाट झिेकर प्रमुख राजनीतिक सल्लाहकार बनाइदैं

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, ०८ : ११
परराष्ट्रमन्त्री ज्ञवाली अब ओलीको प्रमुख राजनीतिक सल्लाहकार बन्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ शिराबाट सरकार सञ्चालनको तयारी गरेका छन् । आफ्नै सचिवालय देखि क्याविनेट सम्म नयाँ ढंगले रिफर्म गरी ओली नयाँ शिराबाट सरकारको नेतृत्व गर्न तयार देखिएका छन् ।

 पार्टीभित्र र बाहिर सरकारले काम गर्न सकेन भन्ने आलोचनाबाट बच्न् र पार्टीभित्रै पनि सरकार र पार्टी नेतृत्वमध्ये एकमा अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी जिम्मा दिन बढ्न थालेको दबावलाई कम गर्न ओलीले नयाँ राजनीतिक कोर्स अगाडी सार्न खोजेका हुन् ।

त्यसका लागि आवश्यक पर्दा प्रधानमन्त्री आफ्नै सचिवालय देखि क्याविनेटसम्म हेरफेरका लागि तयार छन् भन्ने सन्देश उनले अहिले दिन खोजेका छन् । त्यही क्रममा उनले मुख्य सल्लाहकार विष्णु रिमालमार्फत सचिवालयका सबै सदस्यलाई आफ्नो सहजताका लागि राजीनामा दिन आग्रह गरेका हुन् ।

ओलीको त्यस्तो आग्रहपछि सचिवालयमा रहेका मुख्य सल्लाहकार रिमाल, परराष्ट सल्लाहकार राजन भटटराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल लगायत १३ जनाले सामुहिक रुपमा राजीनामा बुझाईसकेका छन् । अत्यन्त गोप्य राखिएको त्यस्तो राजीनामा  प्रधानमन्त्रीको सहजताका लागि मंसिर १ गते बाट लागु हुने गरी उनीहरुले बुझाएका हुन् । 

तर सचिवालयका कुनै सदस्यले पनि यस बारेमा मुख खोलेका छैनन । उनीहरुले अहिले सार्वजनिक रुपमा यत्तिमात्र भनेका छन्, – यो विषयमा आफुलाई जानकारी भएन, एक दुई दिनमा थाहा होला नी !

प्रधानमन्त्रीका एक सल्लाहकारले  भने,– ‘अगुल्टो नझोसी आगो बल्दैन । प्रधानमन्त्रीले अगुल्टो झोस्न खोज्नुभएको छ, आगो बाल्नका लागि । यसलाई त्यही रुपमा बुझौं न ।’

ओलीले आफुलाई विरामी भएको ले सक्रिय हुन सक्दैनन अब भन्ने पार्टी नेताहरुलाई आफु अझै नयाँ शिराबाट सक्रिय भएर अगाडी बढ्न चाहेको सन्देश दिन चाहिरहेका छन् । खासगरी सरकारको नेतृत्व छोडन बढ्न सक्ने दवावलाई नयाँ ढंगले ओलीले सेटलमेन्ट चाहेका छन् । त्यही भएर पनि उनले अहिले सचिवालयबाटै नयाँ सहजताको खोजी गरेका हुन् ।

स्रोतका अुनसार सचिवालय सँगसँगै ओली मन्त्रिपरिषद् पनि पूर्नगठन गर्ने तयारीमा लागेका छन् ।

धेरैलाई लागेको छ, प्रधानमन्त्रीले आफनो सचिवालयका सदस्यहरुको कार्यशैलीगत समस्याका कारण उनीहरुलाई हटाउन खोजिएको हो । तर त्यसो होइन । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार, ओलीले पार्टी र सरकारमा अझै आफु सक्रिय रह्ने र नयाँ जोश र जाँगरका साथ काम गर्न चाहेको सन्देश उनले आफ्नै सचिवालयका सदस्यसम्मलाई हेरफेर गरेर दिन खोजेका हुन् ।

ओलीले सचिवालयका केहीलाई पूनः  नयाँ शिरावाट दोहो¥याउने र केहीलाई नयाँ नियुक्ति दिएर पठाउने तयारी गरेका छन् । त्यसमध्ये प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अमेरिकाको राजदुत बनाउने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् ।

अमेरिकामा अहिले अर्जुनबहादुर कार्की राजदुत छन् । त्यहाँको राजदुत नियुक्ति प्रधानमन्त्री ओलीले यस अगाडी रोकेर राखेका थिए ।

ओली निकट उच्च स्रोतले भन्यो, प्रधानमन्त्रीले रिमाललाई त्यहाँ पठाउन चाहेका छन् ।

ओलीले गत भदौंमै मन्त्रिपरिषद पूर्नगठनको तयारी गरेका थिए । सिंगापुर उपचारभ्रमणबाट फर्केलगत्तै उनी मन्त्रिपरिषद् पूर्नगठन गर्न चाहिरहेका थिए । तर यो विषय उनले आकस्मिकताका आधारमा गर्न चाहिरहेका थिए । उनको मन्त्रिपरिषद् हेरफेरको योजना सञ्चारमाध्यममा लिक भएपछि उनी केही समय मन्त्रिपरिषद् हेरफेर गर्न अडिएका थिए ।

तर अब सचिवालयका सदस्य फेर्ने योजना भित्रमार्फत उनले मन्त्रिपरिषद् हेरफेरको संकेत गरेका हुन् ।

अब मन्त्रिपरिषद् हेरेफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् ।

त्यसो हुदा उनले अहिलेका परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई मन्त्रीबाट झिकेर आफनो सचिवालयको मुख्य सल्लाहकार बनाउन चाहेका छन् । रिमाललाई हटाएपछि त्यो स्थानमा आफनै पूर्ववत समुहका योग्य र सहयोगी मान्छे ल्याउनु पर्ने वाध्यतामा प्रधानमन्त्री हुनेछन् । त्यसका लागि ज्ञवाली उपयुक्त पात्र देखिएका छन् ।

ज्ञवालीले एक हप्ता अगाडी मात्रै आफनो मन्त्रालयका सबै कर्मचारीलाई गोदावरीमा वनभोज आयोजना गरी आफुलाई सहयोग गरेकोमा धन्यवाद दिईसकेका थिए ।

त्यस्तै उनले त्यसको दुई दिनपछि सम्पादकहरुलाई बोलाई आफुले परराष्टमा गरेको अहिलेसम्मका कामको बारेमा विफ्रिङ गरेका थिए ।

आखिर ज्ञवालीले मन्त्रालयका सबै कर्मचारीलाई बोलाएर विदाई हुन लागेको मन्त्रीले जसरी किन धन्यवाद दिए र सम्पादकलाई बोलाई आफनो कामका बारेमा विफ्रिङ गरे ? त्यही बेला देखि धेरैमा जिज्ञासा थियो ।

तर अहिले उनलाई परराष्टबाट झिेकर प्रधानमन्त्रीको मुख्य सल्लाहकार बनाइन लागेको चर्चा नेकपाभित्र चलेको छ । ज्ञवाली बाहेक पूर्व परराष्टमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम पनि अहिले अब बन्ने मुख्य सल्लाहकारको रुपमा चर्चामा छ ।

ओलीले राजेश वधाचार्य र चेतन अधिकारीलाई भने पूनः सचिवालयमै नयाँ टिममा नियुक्ति गर्ने सम्भावना छ । अन्यलाई भने उनले अहिले विदाई गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस