काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमनत्री केपी शर्मा ओलीको अब कसरी उपचार गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलासिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुको परामर्श जारी राखेका छन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलासिसभन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् ।
यद्यपि वृद्ध उमेरमा मिर्गौला प्रत्यारोपण गर्नु चुनौतिपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ कार्तिक २०७६, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली