काठमाडौं । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमनत्री केपी शर्मा ओलीको अब कसरी उपचार गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलासिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुको परामर्श जारी राखेका छन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलासिसभन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन् ।
यद्यपि वृद्ध उमेरमा मिर्गौला प्रत्यारोपण गर्नु चुनौतिपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलासिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ कार्तिक २०७६, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी