काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।
‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’
मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १७ कार्तिक २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली