काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध नाराबाजी गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई हपारेका छन् । केन्द्रीय समितिको बैठकका लागि शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवाले नेविसंघभित्र उमेरहदको पक्षमा रहँदै आएका विद्यार्थी नेताहरूले आफूविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई हपारेका हुन् ।
आफूहरूले ३२ वर्षभित्रैबाट नेविसंघको नेतृत्व चयन गर्न माग गर्दै नारा लगाइरहँदा सभापति देउवा विद्यार्थीहरूमाथि खनिएको नेविसंघ नेता नवराज त्रिपाठीले जानकारी दिए ।
देउवाले पार्टी केन्द्रीय कार्यालयमा केको नाराबाजी ? भन्दै औंला ठड्याउँदै विद्यार्थीहरूलाई हपारेका थिए । सभापति देउवाले आगामी महाधिवेशन गर्ने गरी नेविसंघको नेतृत्वका लगि सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरोध हुदै आएको छ ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा