काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध नाराबाजी गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई हपारेका छन् । केन्द्रीय समितिको बैठकका लागि शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका देउवाले नेविसंघभित्र उमेरहदको पक्षमा रहँदै आएका विद्यार्थी नेताहरूले आफूविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई हपारेका हुन् ।
आफूहरूले ३२ वर्षभित्रैबाट नेविसंघको नेतृत्व चयन गर्न माग गर्दै नारा लगाइरहँदा सभापति देउवा विद्यार्थीहरूमाथि खनिएको नेविसंघ नेता नवराज त्रिपाठीले जानकारी दिए ।
देउवाले पार्टी केन्द्रीय कार्यालयमा केको नाराबाजी ? भन्दै औंला ठड्याउँदै विद्यार्थीहरूलाई हपारेका थिए । सभापति देउवाले आगामी महाधिवेशन गर्ने गरी नेविसंघको नेतृत्वका लगि सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरोध हुदै आएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा