काठमाडौं । आगामी मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह अन्तर्गत विभिन्न पदको उपनिर्वाचनमा नेपाली सेना सहितको सुरक्षा व्यवस्था मिलाएर उपनिर्वाचन सुरक्षा कार्ययोजना बनेको छ ।
गृह मन्त्रालय र निर्वाचन आयोगकाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने गरी उपनिर्वाचन सुरक्षा कार्ययोजना तय भएको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलको अध्यक्षतामा गठित उच्च स्तरीय उपनिर्वाचन सुरक्षा समितिको बैठकले कार्ययोजनालाई अन्तिम रुप दिन लागेको हो ।
आयुक्त पौडेल अध्यक्ष रहेको समितिमा सेनाका रथी, गृहसचिव, रक्षा सचिव, निर्वाचन आयोगका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र निर्वाचन आयोगका सहसचिव गरि ९ जना सदस्य छन् ।
कार्ययोजनालाई गृह मन्त्रालय र निर्वाचन आयोगको संयुक्त बैठकले पारित गरेपछि सुरक्षाकर्मीलाई आ(आफ्नो जिम्मेवारीसहित निर्वाचन हुने जिल्ला तथा स्थानीय तहसम्म परिचालन गरिने गृह मन्त्रालयका अधिकारीले जानकारी दिए । आयोगले आइतबार गृह मन्त्रालय र रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहितको बैठक डाकेको छ । बैठकले कार्ययोजनालाई छलफल गरेर अन्तिम रुप दिनेछ ।
आगामी मंसिर १४ गतेका लागि तय भएको निर्वाचनमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न ५३ पदका लागि दलहरुबीच प्रतिस्पर्धा हुँदै छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १६ कार्तिक २०७६, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय