Safal Khabar - प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना
शनिबार, १७ फागुन २०७६ (Saturday, 29 February, 2020)
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना
शुक्रबार, १५ कार्तिक २०७६, १८ : ०९
प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । 
आज ट्वीट गर्दै उहाँले कप्तान मल्ललाई शुभकामनासहित उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।  (रासस)  

प्रतिक्रिया दिनुहोस