नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन

निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १५ : ४९
नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन

काठमाडौं । नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । 

समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगम सुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । 

प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।

प्रतिक्रिया दिनुहोस