नारायणीमा हाम फाल्ने युवाको पहिचान खुल्यो (अपडेट)

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १२ : २३
नारायणीमा हाम फाल्ने युवाको पहिचान खुल्यो (अपडेट)

चितवन । नारायणी पुलबाट एक युवा नदिमा हाम फालेका छन् । भरतपुर महानगरपालिका ११ का २५ वर्षीय उद्धार पौडेल पुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनि विहान साढे १० बजे पुलबाट नदिमा हाम फालेका थिए । 

हामफाल्ने युवाको पछि पछि अर्को बाईकमा आएका एक युवाले ति युवालाई तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुलको पश्चिम पट्टिबाट हाम फाल्न खोजेका उनिसंगै आएका पुरुषले तानेर रोकेपछि ति पुरुष पुलको अर्को कुनातिर भागेर पुर्व पट्टिबाट हाम फालेको प्रत्यक्षदर्शीहरुको भनाई छ । 

किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । युवा हाम फाले लगतै त्यही एक युवती आएको र चिच्याउदै रोएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस