रोल्पाको पहिरोमा एकै परिवारका ६ जनाको मृत्यु (अपडेट)

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, १७ : १९
रोल्पाको पहिरोमा एकै परिवारका ६ जनाको मृत्यु (अपडेट)

File photo

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । 

शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अबिरल बर्षाका कारण छेर्लोबाङमा गएको पहिरोले घर पुरिँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

रोल्पाका प्रहरी नायब उपरिक्षक  चित्र बहादुर गुरुङका अनुसार, मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।

सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस