दाहखानीमा रोटरीको डेंगु सचेतना सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, २७ भदौ २०७६, १४ : ४१
दाहखानीमा रोटरीको डेंगु सचेतना सम्पन्न

भरतपुर । रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजनामा चितवनको विकट पहाडी क्षेत्र दाहखानीमा डेंगु सचेतना सम्पन्न भएको छ । 

रोटरी गाँउ दाहखानी , गर्दास , सुन्दरवस्तीका स्थानिय बासिन्दा र विद्यार्थीहरुलाई डेंगु सम्बन्धी सम्पुर्ण जानकारी गराईएको थियो ।

उक्त  कार्यक्रमा २ हजार डंगु रोगका लक्षण र बच्ने उपायबारे तयार पारिएको जानकारीमुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो  । 

त्यस्तै डेंगु रोगबारे डा.अच्युत पोखरेल र रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीले सचेतना सम्बन्धी सहजीकरण गरेका थिए । 

कार्यक्रममा लामखुटेको सम्भावित वासस्थान,पानी जमेका ठाउँहरु पत्ता लगाई स्थानियसँग सहकार्य गरि सरसफाई गरिएको थियो भने सचेतना कार्यक्रम पश्चात विद्यार्थीहरु क - कसले कति वुझे भन्ने विषयमा उनीहरुलाई डेंगुको बारेमा केहीबेर बोल्न लगाईएको र सोही मध्ये उत्कृष्ट प्रस्तुती गर्ने एक छात्र र एक छात्रालाई पुरस्कार प्रदान गरिएको  अध्यक्ष  भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस