राजदूतसँग गफगाफ कूटनीतिक अभ्यास विपरीत

पत्रपत्रिकाबाट

विहीबार, ०९ जेठ २०७६, ०६ : ४८
राजदूतसँग गफगाफ कूटनीतिक अभ्यास विपरीत

काठमाडौँँ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गर्नुभयो । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं ४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उहाँले भन्नुभएको छ –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा गर्नुहोस् ।’ 
राजदूतको यो घोषणाको सुरुमा केहीले स्वागत गरेपनि यसले विवाद सिर्जना गरेको छ । केही कूटनीतिज्ञले राजदूतले नियमित गफगाफ गर्ने शृङ्खला समकालीन कूटनीतिक अभ्यासमा नपर्ने टिप्पणी गरेका छन् भने कतिपयले नेपालको हैसियत हेरेर यस्तो अभ्यास गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 
सरकारले विना पूर्वाग्रह छिमेकीदेखि शक्तिराष्ट्र र बिकासशील राष्ट्रहरुलाई समेत द्विपक्षीय सहकार्यका लागि खुला आह्वान गरेको छ । त्यस्तै, सबैसँग सार्वभौमिक समानताका आधारमा सन्तुलित सम्बन्ध अघि बढाएको यथार्थलाई कूटनीतिक समुदायले बुझ्नुपर्छ । 
राजदुत बेरी सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । अमेरिकाबारे वा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन र बिस्तार गर्ने उद्देश्यले सामाजिक सञ्जालको उपयोग स्वभाबिक हो । किनकी फेसबुक, ट्वीटर कूटनीतिक सूचना सम्पे्रषणका माध्यम नै बनिसकेका छन् । नेपाल सरकारले पनि राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका भ्रमणबारे ट्वीटर र फेसबुकबाट जानकारी दिने गरेकै छ ।
तर जब कूटनीतिक समुदायबाट सामाजिक सञ्जालको प्रयोग सूचना प्रवाह गर्नभन्दा विचार प्रवाह गर्नतिर लक्षित हुन्छन्, तीनले समस्या ल्याउन सक्छन् । यसमा सरोकारवालाको ध्यान जानुपर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस