काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाइ गरेका छन् । बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्यालले उनलाई बिदाइ गरेका हुन् ।
३० वर्षे सेवा अवधि पुरा गरेर खापुङ आजबाट अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयले बुधवार साँझ उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए ।
आईजीपी नियुक्त भएको पाँचौँ दिनमा काठमाडौँको बानेश्वर र इटहरीमा प्रहरीको गोलीबाट किशोरहरूको मृत्यु भयो । उनी आईजीपी भएको छैटौँ दिनमा मुलुकको कार्यकारी प्रधानमन्त्री हेलिकप्टर चढेर बालुवाटार छाड्न बाध्य भए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक