काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई वटा पोस्टर सार्वजनिक गरेको हो।
‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि चलचित्रले आमा बुबा र छोराछोरीबिचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। एउटा पोस्टरमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुसी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुसी मुन्द्रामा देखिन्छन्।
अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् श्रीमतीको भूमिकामा रहेको बिपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहेका पल शाहको रगताम्य छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १६ : १९
लेखकबाट थप