काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायत १० वाम पार्टीले गत कात्तिक १९ गते पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेका छन् ।
बुधबार (कात्तिक २६) मा भीम रावल नेतृत्वको मातृभूमि राष्टिय जागरण अभियानसँग पनि एकता गर्ने कार्यक्रम तय भएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि एकता छलफल अन्तिम चरणमा छ ।
गत भदौं २३ र २४ को जेन जी विद्रोहपछि यी पार्टीहरुले नयाँ शिराबाट एकताको आवश्यकता महसुस गदै पार्टी एकता गरेका हुन् । बृहत वाम धुव्रीकरणको अजेण्डासहित उनीहरुले पार्टी एकता गरेका हुन् ।
एकतापछि नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभामा वहुमत नजिकको पहिलो दल बनेको छ । प्रतिनिधि सभा विघटन भएर फागुन २१ मा चुनावको मिति घोषणा भएकोले प्रतिनिधिसभामा अव यो दलले कति सिट चुनाव जित्छ ? त्यो भविश्यको परिणामले नै देखाउने छ ।
तर अहिले कामयावी रहेका संरचना अन्तगर्त भने यो दल बलियो उपस्थितीको दल बन्न सफल भएको छ । प्रदेशसभातर्फ वागमती, कर्णाली र सुदुरपश्चिम प्रदेश सभामा दोस्रो दल बनेको छ । त्यस्तै स्थानीय तहतर्फ नेपाली कम्युनिट पार्टीको १४४ स्थानमा प्रमुख रहेको दल बनेको छ ।
हेर्नुहोस्, नेपाली कम्युनिष्ट पार्टीको कहाँ कति छ शक्ति ?
राष्ट्रिय सभा
जम्मा सिट– ५९
नेकपा १८+८+१=२७ (वहुमत नजिक)
काङ्ग्रेस –१६
एमाले –१०
वाममति प्रदेश
जम्मा सिट– ११०
नेका – ३७
नेकपा– २८
एमाले – २७
कोशी प्रदेश
जम्मा – ९३
एमाले – ४०
काङ्ग्रेस – २९
नेकपा –१७
मधेस प्रदेश
जम्मा सिट – १०७
एमाले –२४
काङ्ग्रेस –२२
जसपा – १९
नेकपा – १६
जनमत –१४
गण्डकी प्रदेश
जम्मा – ६०
काङ्ग्रे – २७
एमाले – २२
नेकपा –८
लुम्विनी प्रदेशः
जम्मा –८७,
एमाले –२९,
काङ्ग्रेस –२७,
नेकपा –१२
कर्णाली प्रदेश
जम्मा सिट – ४०
काङ्ग्रेस – १५
नेकपा – १४
एमाले –१०
सुदुरपश्चिम प्रदेश
जम्मा – ५३
काङ्ग्रेस –१८
नेकपा – १५
एमाले – १०
स्थानीय तह प्रमुखः
१२१ (माओवादी) + २३ एकीकृत समाजवादी)= १४४
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिष्ट पार्टीमा शीर्ष ५ नेताको बन्यो यस्तो बरियता