काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।
यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए । २०७४ को चुनावमा प्रदेश सांसद जितेका बाजुराका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १५ : ३०
लेखकबाट थप