१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०८२, १४ : १६
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । १४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णय अनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ७ उपसचिवलाई विभिन्न नगरपालिकामा र १० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो ।

यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका ११ जना कर्मचारीलाई अन्यत्र सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस