काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको टिप्पणी गरेका छन् ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको टिप्पणी गरे ।
आफूहरूको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गालीगलौजमा उत्रिन आवश्यक नरहेको बताए । आफूहरूलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ छ ।
‘एकताको प्रक्रिया अघि बढिरहेको छ । एकताको यो अभियान अघि बढिरहेको छ । एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘होस् हवास गुमेको हुनुपर्छ । होस् गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन । बरु हामीलाई धन्यवाद दिनुहोस् । मैले त बिगारेँ, तपाईँहरूले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रस्ताव पास गर्नुस् । धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’
उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल