काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायत १० वाम घटक पार्टीहरु मिलाएर नेपाली कम्युनिष्ट पार्टी गठन गरेका नेताहरुले सूदुरपश्चिमका नेता भीम रावलको मातृभूमि राष्टिय जागरण अभियानलाई पनि पार्टीमा समाहित गर्न लागेका छन् ।
एमालेको दशौं महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई ओलीले आफुसँग प्रतिस्पर्धा गरेको र राजनीतिक टक्कर दिएको भन्दै पार्टीबाटै निश्कासन गरेका थिए ।
बाहिर जे भनिएपनि भित्री अन्तर्य रावललाई एमालेबाट निश्कासन गर्ने ओलीले आफनो प्रतिस्पर्धी देखेरै हो । उनै रावल अब नेपाली कम्युनिष्ट पार्टीमा एकता प्रक्रियामा जाने भएका हुन् । त्यसका लागि भोलि बुधबार दिउँसो २ बजे राष्टिय सभा गृहमा एक कार्यक्रम आयोजना गरिएको छ ।
उक्त एकता कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र एकता प्रक्रियामा आउन लागेका मातृभूमि राष्टिय जागरणका रावलले सम्वोधन गर्नेछन् । त्यसपछि उनलाई नेपाली कम्युनिष्ट पार्टीले छैटौं वरियताको नेताका रुपमा सहभागी गराउन खोजेको बताइएको छ ।
१० वाम पार्टीको एकता अगाडी पनि अनौपचारिक एकता छलफल चलेपनि त्यसले मूलता पाएको थिएन । जव १० वाम पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भयो, त्यसपछि पूनः रावलसंग नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक नेपाल सहितका नेताहरुले छलफल गरेका थिए । त्यही छलफलबाट रावल पार्टी एकतामा आउन सहमत भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि एकता छलफल चलाईरहेको छ । दुवै पार्टीका नेताहरूबिच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको छ । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषद्लाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए ।
रावलसँगको एकतापछि राई नेतृत्वको जसपासँग पनि एकता प्रक्रिया अगाडी बढाउने र मूर्तता दिने नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित