काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।
निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् ।
आज दिउसाे ४ बजे प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?