कोरियामा ट्रकको ठक्करबाट २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०८२, १६ : ०६
कोरियामा ट्रकको ठक्करबाट २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको ओन्जुमा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी मनिषा दाहालको आइतबार मृत्यु भएको छ ।

नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया दाहालकलाई ट्रकले ठक्कर दिएको हो ।

गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको हो । मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन् । दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस