काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै नेपालस्थित अमेरिकी राजदूतावासले धमाधम नयाँ सामाग्रीहरु भित्राउन थालेको छ । विगत २९ दिन यता उसले परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयबाट अनुमति लिएर अमेरिकाबाट सिधै सामाग्रीहरु भित्राईरहेको छ ।
गत असोज २६ देखि मंसिर १० सम्म उसले आफुले ल्याउन चाहेका सामाग्रीहरु कुटनीतिक थैलीका नाममा नेपाल भित्राउन लागेको हो । त्यसका लागि परराष्ट्रमार्फत नेपालस्थित अमेरिकी दूतावासले अनुमति लिएको छ ।
(हेनुहोस् परराष्टले अनुमति दिएर गृहलाई लेखेको पत्र)
त्यसआधारमा गत असोज २६ यता विमानस्थल प्रयोग गरेर भन्सार छुटमा सामाग्रीहरु भित्राईरहेको छन् । यसरी भित्राइएको सामाग्रीहरुको चेक जाँच, भन्सार लगायत केही पनि नेपालले गर्न पाइदैन ।
काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले मिति १४ अक्टोबर देखि २६ नोभेम्बर २०२५ को बीचमा आउने तथा पठाउने कुटनीतिक थैली हरुको बारेमा सहजीकरण गरिदिन आग्रह गदैं गत ३ अक्टोबरमा परराष्ट मन्त्रालयलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा परारष्टले गृह मन्त्रालयलाई असोज २१ मा पत्र लेखिदिएको थियो ।
त्यसपछि असोज २६ देखि अमेरिकी दूतावासले सामानहरु नेपाल भित्राईरहेको छ । दुई दिन विराएर त्यस्ता सामाग्रीहरु विमानस्थल आईरहेको र ती सामाग्रीलाई सिधै अमेरिकी दूतावासले बुझेर लैजाने गरेको विमानस्थल स्रोतले जनाएको छ । अझै तीन साता उसले यस्ता सामाग्रीहरु ओसार्ने काम गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका