काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।
विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी विषयमा सामान्य कुराकानी भएको जनाएको छ।
छोटो कार्यकालका क्रममा खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै संस्थागत प्रणालीलाई सुदृढ बनाउन अग्रसर रहे। इतिहासकै ठूलो ‘जेन जेड आन्दोलन’ समेत उनले सामना गर्नुपर्यो। यस क्रममा उनले प्रहरी संगठनको पक्षमा दृढ र व्यावसायिक रूपमा उभिए।
उनी आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको प्रधानमन्त्रीको दाबी
सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीको टिप्पणी : ‘हामी सबैको आलोचना खेप्ने अचानो होइनौँ’
सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोसाक लगाउनुपर्ने प्रधानमन्त्री कार्कीको प्रस्ताव
प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ