काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।
विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी विषयमा सामान्य कुराकानी भएको जनाएको छ।
छोटो कार्यकालका क्रममा खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै संस्थागत प्रणालीलाई सुदृढ बनाउन अग्रसर रहे। इतिहासकै ठूलो ‘जेन जेड आन्दोलन’ समेत उनले सामना गर्नुपर्यो। यस क्रममा उनले प्रहरी संगठनको पक्षमा दृढ र व्यावसायिक रूपमा उभिए।
उनी आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की