सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ?

मंगलबार, २१ फागुन २०७५, २१ : ११
सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ?

डा. सुमनराज ताम्राकार

मेरो विवाह भर्खरै भएको हो। सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ? मैले मेरो पार्टनरको योनि अलि सुक्खा महसुस गरेँ। यस्तो किन हुन्छ ? 
एन, हेटौँडा

पहिलो यौन सम्पर्क र सुहागरातको यौन सम्पर्क अलिकति फरक छ। किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त भएको हुँदैन। 

प्रेम सम्बन्धमा रहेका जोडीले लिंग–योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ। तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन। उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा सुरुवाती यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन। डर, त्रास, हतार, हतास, गोप्यता तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन। सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। 

सुरु–सुरुमा पुरुष यौन साथीमा लिंग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुन सक्छ भने महिलामा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्त स्राव वा रगत मिसिएको योनि स्रावले झन् त्रास उत्पन्न गराउँछ।

मानव यौन प्रतिक्रिया चक्रको सम्पूर्ण चरण, यौन संवेदनशील अंग, प्राक्क्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौन सम्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसै गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डरैडरमा यौन सम्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, योनि मार्ग तथा पुरुष लिंग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ। 

यौन जोडीबीच एकापसमा आफ्नो यौन चाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौन कार्यमा सहयोग नगरे पहिलो पटकको यौन सम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुन सक्छ अर्थात् यौन कार्य केवल यान्त्रिक मात्र हुन सक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। सुरुवाती यौन सम्पर्कपछि आफ्नो पार्टनरको महिनावारी, यौनांगमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौन सम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपन छ, छैन बुभ्mनुपर्छ। कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौन साथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ। 

योनि सुक्खा किन हुन्छ ?
यौन उत्तेजनासँगै पुरुष लिंगमा पनि चिप्लो पदार्थको उत्पादन भए जस्तै सफल सम्भोगका लागि प्राक्क्रीडासँग महिलामा पर्याप्त योनि रस निष्कासन हुन्छ। योनि मार्गमा स्राव उत्पादन गर्ने ग्रन्थि विशेष नै नभए पनि अत्यधिक यौन उत्तेजनाको क्रममा जननेन्द्रिय क्षेत्रमा रक्त प्रवाह बढ्न गई अत्यधिक योनि रस उत्पादन हुन थाल्छ। यौन सम्पर्क कार्यलाई सहज बनाउन उत्पादन हने योनि रस कतिपय अवस्थामा यौन उत्तेजनाको स्तर र व्यक्ति विशेषमा पनि भरपर्छ। 

करकाप, डर, त्रासको वातावरण एवं मानसिक तयारी बिना यौन सम्पर्क राख्न खोज्दा योनि सुक्खा हुने समस्या आइपर्न सक्छ। यस अवस्थामा तुलनात्मक रूपमा महिला पार्टनरमा योनि सुक्खाको समस्याले यौन सम्पर्क राख्नै डराउने हुन्छ। पटक–पटकको योनि सुक्खाको समस्याले यौन सम्पर्क राख्नै डराउने हुन्छ। पुरुष पार्टनरले पनि असजिलो महसुस हुन्छ। समग्रमा पर्याप्त यौन सुख नपाएपछि दाम्पत्य जीवन नै धरापमा पर्न बेर लाग्दैन।

आवेशमा एकैचोटि लिंग–योनि सम्पर्क गर्न खोज्दा योनि सुक्खाको समस्या उत्पन्न हुन्छ। किनकि, पर्याप्त मात्रा लिंग एवं योनि रस उत्पादन हुन पाउँदैन। यसबाहेक तनाव, डर, चिन्ताको वातावरणमा पनि यौनेच्छा कम हुने, यौन सम्बन्ध राख्न नचाहने वा योनि सुक्खा हुने समस्या देखापर्छ।

महिलाको उमेरअनुसार हर्मोनको मात्रामा तलमाथि भए जस्तै योनि रस उत्पादनमा कमी तथा योनि सुक्खाको समस्या देखापर्छ। मासिक चक्रको दोस्रो खण्ड, गर्भावस्था, प्रसवोत्तर (स्तनपान) को समस्या योनि रस कम उत्पादन हुने, योनि सुक्खा हुने समस्या देखिए पनि महिनावारी भइसकेपछि भने यो समस्या अधिक देखापर्छ। कतिपय औषधि (एलर्जीविरुद्ध), मधुमेह, साबुनलगायत कारणले पनि योनि सुक्खा हुने समस्या निम्तिन सक्छ। पटक–पटकको योनि सफाइ तथा क्यान्सरविरुद्धको केमो तथा रेडियोथेरापी पनि योनि सुक्खाको कारण बन्न सक्छ।

योनि सुक्खा हुने समस्यालाई विचार गरी यौन सम्पर्क पूर्व प्राक्क्रीडामै बढ्ता जोड दिनुपर्ने हुन्छ। कुनै कारणवश योनि रस उत्पादन हुने अवस्था रहेन भने पानीमा घुल्ने खालको चिप्लो पदार्थको प्रयोग गर्न सकिन्छ। योनि सुक्खाका कारण एकाध पटक यौन सम्पर्क पीडादायी भइहालेमा यौन सम्पर्क कार्यलाई निरन्तरता नै दिई राख्नुपर्छ। यसले सकारात्मक प्रभाव ल्याउँछ।

केही पनि छैन भने थुक नै उत्तम विकल्प हुन सक्छ। सीधै लिंग–योनि सम्पर्कमै ध्यान दिनुभन्दा विशेषतः नवविवाहित जोडीमा जननेन्द्रियबाहेक विभिन्न यौन संवेदनशील क्षेत्र अनि त्यसको स्पर्शबारे जानकारी हुनुपर्छ। तुलनात्मक रूपमा महिला पार्टनरलाई यौन उत्तेजनामा ल्याउन समय लाग्छ यस कुराको हेक्का राख्नुपर्छ। विवाहलगत्तै हनिमून जस्तै कतिपय अवस्थामा घरबाट टाढा छोटो ट्रिपमा निस्कन सकिन्छ। यसका साथै विविध आसन, हल्का मद्यपान, थोरै पफ्र्युम, यौनवद्र्धक भोजनले पनि सकारात्मक परिणाम ल्याउँछ। 
मेरो विवाह भर्खरै भएको हो। सुरुवाती यौन सम्पर्कमा के समस्या आउन सक्छ ? मैले मेरो पार्टनरको योनि अलि सुक्खा महसुस गरेँ। यस्तो किन हुन्छ ? 
एन, हेटौँडा

पहिलो यौन सम्पर्क र सुहागरातको यौन सम्पर्क अलिकति फरक छ। किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता प्राप्त भएको हुँदैन। 

प्रेम सम्बन्धमा रहेका जोडीले लिंग–योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ। तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन। उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा सुरुवाती यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन। डर, त्रास, हतार, हतास, गोप्यता तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नुपर्दा यौन सम्पर्क पूर्वको तयारीको खासै ध्यान जाँदैन। सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। 

सुरु–सुरुमा पुरुष यौन साथीमा लिंग उत्तेजना नहुने, शीघ्र स्खलन हुने समस्या हुन सक्छ भने महिलामा गर्भ रहला कि, यौन सम्पर्कपछि धोका देला कि, कसैले थाहा पाउला कि, बेइज्जत होला कि भन्ने डरले पूर्ण रूपमा यौन सन्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौन सम्पर्कको क्रममा हाइमेन (योनिच्छद) च्यातिई हल्का रक्त स्राव वा रगत मिसिएको योनि स्रावले झन् त्रास उत्पन्न गराउँछ।

मानव यौन प्रतिक्रिया चक्रको सम्पूर्ण चरण, यौन संवेदनशील अंग, प्राक्क्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौन सम्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसै गरी सुरक्षित सेक्स, सुरक्षित चक्र, आकस्मिक गर्भ निरोध तथा गर्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा डरैडरमा यौन सम्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, योनि मार्ग तथा पुरुष लिंग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौन कार्य कष्टप्रद हुन्छ। 

यौन जोडीबीच एकापसमा आफ्नो यौन चाहना, यौनेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौन कार्यमा सहयोग नगरे पहिलो पटकको यौन सम्पर्कमा शारीरिक पक्ष बढी हाबी हुन सक्छ अर्थात् यौन कार्य केवल यान्त्रिक मात्र हुन सक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। सुरुवाती यौन सम्पर्कपछि आफ्नो पार्टनरको महिनावारी, यौनांगमा पीडा वा कुनै यौन समस्या वा पहिलो पटकको यौन सम्पर्कपछि कुनै तनाव, पिर, चिन्ता तथा उदासीपन छ, छैन बुभ्mनुपर्छ। कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आफ्नो यौन साथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढाडस दिनुपर्छ। 

योनि सुक्खा किन हुन्छ ?
यौन उत्तेजनासँगै पुरुष लिंगमा पनि चिप्लो पदार्थको उत्पादन भए जस्तै सफल सम्भोगका लागि प्राक्क्रीडासँग महिलामा पर्याप्त योनि रस निष्कासन हुन्छ। योनि मार्गमा स्राव उत्पादन गर्ने ग्रन्थि विशेष नै नभए पनि अत्यधिक यौन उत्तेजनाको क्रममा जननेन्द्रिय क्षेत्रमा रक्त प्रवाह बढ्न गई अत्यधिक योनि रस उत्पादन हुन थाल्छ। यौन सम्पर्क कार्यलाई सहज बनाउन उत्पादन हने योनि रस कतिपय अवस्थामा यौन उत्तेजनाको स्तर र व्यक्ति विशेषमा पनि भरपर्छ। 

करकाप, डर, त्रासको वातावरण एवं मानसिक तयारी बिना यौन सम्पर्क राख्न खोज्दा योनि सुक्खा हुने समस्या आइपर्न सक्छ। यस अवस्थामा तुलनात्मक रूपमा महिला पार्टनरमा योनि सुक्खाको समस्याले यौन सम्पर्क राख्नै डराउने हुन्छ। पटक–पटकको योनि सुक्खाको समस्याले यौन सम्पर्क राख्नै डराउने हुन्छ। पुरुष पार्टनरले पनि असजिलो महसुस हुन्छ। समग्रमा पर्याप्त यौन सुख नपाएपछि दाम्पत्य जीवन नै धरापमा पर्न बेर लाग्दैन।

आवेशमा एकैचोटि लिंग–योनि सम्पर्क गर्न खोज्दा योनि सुक्खाको समस्या उत्पन्न हुन्छ। किनकि, पर्याप्त मात्रा लिंग एवं योनि रस उत्पादन हुन पाउँदैन। यसबाहेक तनाव, डर, चिन्ताको वातावरणमा पनि यौनेच्छा कम हुने, यौन सम्बन्ध राख्न नचाहने वा योनि सुक्खा हुने समस्या देखापर्छ।

महिलाको उमेरअनुसार हर्मोनको मात्रामा तलमाथि भए जस्तै योनि रस उत्पादनमा कमी तथा योनि सुक्खाको समस्या देखापर्छ। मासिक चक्रको दोस्रो खण्ड, गर्भावस्था, प्रसवोत्तर (स्तनपान) को समस्या योनि रस कम उत्पादन हुने, योनि सुक्खा हुने समस्या देखिए पनि महिनावारी भइसकेपछि भने यो समस्या अधिक देखापर्छ। कतिपय औषधि (एलर्जीविरुद्ध), मधुमेह, साबुनलगायत कारणले पनि योनि सुक्खा हुने समस्या निम्तिन सक्छ। पटक–पटकको योनि सफाइ तथा क्यान्सरविरुद्धको केमो तथा रेडियोथेरापी पनि योनि सुक्खाको कारण बन्न सक्छ।

योनि सुक्खा हुने समस्यालाई विचार गरी यौन सम्पर्क पूर्व प्राक्क्रीडामै बढ्ता जोड दिनुपर्ने हुन्छ। कुनै कारणवश योनि रस उत्पादन हुने अवस्था रहेन भने पानीमा घुल्ने खालको चिप्लो पदार्थको प्रयोग गर्न सकिन्छ। योनि सुक्खाका कारण एकाध पटक यौन सम्पर्क पीडादायी भइहालेमा यौन सम्पर्क कार्यलाई निरन्तरता नै दिई राख्नुपर्छ। यसले सकारात्मक प्रभाव ल्याउँछ।

केही पनि छैन भने थुक नै उत्तम विकल्प हुन सक्छ। सीधै लिंग–योनि सम्पर्कमै ध्यान दिनुभन्दा विशेषतः नवविवाहित जोडीमा जननेन्द्रियबाहेक विभिन्न यौन संवेदनशील क्षेत्र अनि त्यसको स्पर्शबारे जानकारी हुनुपर्छ। तुलनात्मक रूपमा महिला पार्टनरलाई यौन उत्तेजनामा ल्याउन समय लाग्छ यस कुराको हेक्का राख्नुपर्छ। विवाहलगत्तै हनिमून जस्तै कतिपय अवस्थामा घरबाट टाढा छोटो ट्रिपमा निस्कन सकिन्छ। यसका साथै विविध आसन, हल्का मद्यपान, थोरै पफ्र्युम, यौनवद्र्धक भोजनले पनि सकारात्मक परिणाम ल्याउँछ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस