महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् ।
आज बिहान धनगढी पुगेका मन्त्री पोखरेलले फाप्ला क्रिकेट मैदानको निरीक्षणका क्रममा संक्षिप्त दिँदै सुदूरपश्चिममा क्रिकेटको क्रेज रहेको धारणा राखेका थिए । “विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ”, मन्त्री पोखरेलले भने, “सरकारले निर्माणलाई महत्व दिएर अघि बढ्छ ।”
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभामा सहभागी हुन पुगेका मन्त्री पोखरेलले आजै कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण गर्ने कार्यक्रम तय भएको मन्त्री पोखरेलका स्वकीय सचिव आरजु लोहनीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक’ : मन्त्री पोखरेल
‘लिपुलेक-मानसरोवर मार्ग विवादमा नेपालको अडान कायमै’ : मन्त्री पोखरेल
सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल
शिक्षाको सुधारका लागि मन्त्री पोखरेलसमक्ष सुझाव पेस