काठमाडौँ । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्गसँग जोडिएको भू-भाग नेपालको भएको दाबी दोहोर्याउँदै त्यसप्रति आफ्नो स्पष्ट प्रतिबद्धता कायम रहेको जनाएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उक्त क्षेत्र नेपाली भूमि भएको सरकारको अडान यथावत् रहेको स्पष्ट पारेका हुन्।
हालै भारतले लिपुलेक पासमार्ग प्रयोग गरी कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने घोषणा गरेको सन्दर्भमा यो प्रतिक्रिया आएको हो। भारतले सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने उक्त यात्राका लागि व्यवस्था सार्वजनिक गरेको थियो।
यसअघि परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट दुवै छिमेकी मुलुक भारत र चीनलाई उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै नोट पठाएको थियो। सोही विषयमा भारतले भने पुरानै मार्गको प्रयोग भएको दाबी गर्दै प्रतिक्रिया दिएको थियो।
सरकारका प्रवक्ता पोखरेलले सीमासम्बन्धी विषयमा नेपाल आफ्नो भूमि अधिकारप्रति स्पष्ट रहेको उल्लेख गर्दै बाँकी विषय दुई देशबीचको कूटनीतिक संवादमार्फत समाधान हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ बैशाख २०८३, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल
शिक्षाको सुधारका लागि मन्त्री पोखरेलसमक्ष सुझाव पेस
‘फाप्ला क्रिकेट मैदानको निर्माणमा सरकारले सहयोग गर्छ’ : मन्त्री पोखरेल