काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्या समाधान गर्न ‘शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३’ सरकारसमक्ष सुझाव स्वरूप बुझाएको छ ।
परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. दयाराम भुसाल नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेट गरी उक्त सुझाव पत्र बुझाएको हो ।
परिषद्ले शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको मुख्य आधार मान्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन स्पष्ट दृष्टिकोणसहित सुधारका योजना ल्याउन आग्रह गरेको छ ।
सुझाव पत्रमा विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारूपलगायत महत्वपूर्ण विधेयक शीघ्र जारी गर्नसमेत सरकारसमक्ष आग्रह गरिएको छ ।
परिषद्ले सुझावमा विशेष गरेर प्रवेश, परीक्षा, परिणाम, पात्रो र परिसरसँग जोडिएका विषयलाई समावेश गरी सुझाव पत्र तयार गरेर पेस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फाप्ला क्रिकेट मैदानको निर्माणमा सरकारले सहयोग गर्छ’ : मन्त्री पोखरेल