काठमाडौं । इजरायली अत्याचार भोगिरहेको प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणालाई अमेरिकाले कडा शब्दमा खारेज गरेको छ । राष्ट्रपति इमानुयल म्याक्रोनको घोषणालाई खारेज गर्दै अमेरिकी विदेशमन्त्री माइक्रो रुबियोले यो घोषणाबाट हमासको प्रोपोगाण्डालाई मात्र बढवा दिने बताएका छन् ।
विदेशमन्त्री रुबिओले सोसल मिडिया एक्समार्फत भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने म्याक्रोनको योजनालाई अमेरिकाले खारेज गर्छ । यो गैरजिम्मेवार फैसलाले हमासको प्रोपोगाण्डालाई सघाउनेछ र यसले थप अशान्ति बढाउनेछ । फ्रान्सको यो घोषणा ७ अक्टोबर ९२०२३० हमलाका पीडितका लागि एक ठूलो झापड हो ।’
फ्रान्सको घोषणालाई लिएर प्यालेस्टाइनी अधिकारीहरूले स्वागत गरेका छन् भन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादलाई फ्रान्सको इनाम भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो