काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् ।
रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।
तदर्थ समिति बनेपनि गण्डकीका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ । ती जिल्लामा वडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन ।
कुनै जिल्लामा ३० प्रतिशत पालिकाको अधिवेशन सकिए जिल्ला अधिवेशन गर्न सकिने गरी पार्टीले निर्णय लिएको थियो ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी