काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
आइतबार बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । सोही बैठक आज बिहान ८ बजे बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायत विषयमा छलफल हुने कार्यसूची छ ।
जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उमेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उमेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतबारे छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग