काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए ।
मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालय प्रतिबद्ध रहेको शिक्षामन्त्री पोखरेलको दाबी
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल
शिक्षा क्षेत्र सुधारमा सरकार प्रतिबद्ध रहेको शिक्षामन्त्री पोखरेलको दाबी
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता
विश्वविद्यालयलाई दलीय प्रभावबाट टाढा राख्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह