काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन् । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।
सम्झौता अनुसार किराँतीलाई पार्टीको वरिष्ठ नेतृत्व तहमा राखिनेछ भने उनी दोस्रो वरीयतासहित उपाध्यक्षको जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ ।
पार्टीभित्रको सहमति अनुसार किराँती पक्षलाई एक वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव तथा १५ जना केन्द्रीय सदस्यको प्रतिनिधित्व उपलब्ध गराइने भएको छ । सो समूहमा सामेल हुने अधिकांश सदस्यहरू प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० बाट आएको बताइएको छ ।
राजनीतिक पृष्ठभूमिअनुसार, जेन जेड आन्दोलनपछि बनेको राजनीतिक समिकरणमा आएको परिवर्तनसँगै प्रचण्ड नेतृत्वको समायोजन प्रक्रियामा असहमति जनाउँदै सुदन किराँती जनार्दन शर्मासहित प्रलोपा तर्फ सक्रिय भएका थिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा