विराटनगर । श्रम संस्कृति पार्टीले कोशी प्रदेशको आगामी मुख्य मन्त्रीमा सुदन किरातीलाई अघि सार्ने तयारी गरेको छ ।
पार्टीका अध्यक्ष हर्क साम्पाङले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीमा सुदन किरातीको नाम प्रस्ताव गर्दै राय मागेका छन् ।दुई दिनअघि औपचारिक रुपमा पार्टी प्रवेश गरेका किरातीलाई अध्यक्ष साम्पाङले आगामीमुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्दै सामाजिक सन्जालमार्फत राय मागेका छन । उनले सामाजिक सन्जालमा लेख्दै राय माग्ने बहानामा आगामी मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका हुन् । उनले लेखेका छन्, ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !’
यसआघि किराती श्रम सस्कृति पार्टीमा प्रवेश गर्दा मुख्यमन्त्री बनाउने शर्तमा पार्टी प्रवेश गरेको चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ बैशाख २०८३, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय पार्टी बन्यो श्रम संस्कृति